काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई कुनै पदको महत्वकांक्षा र आशक्ति नभएको बताएकी छिन् ।
शुक्रबार काठमाडौँमा एक पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफू राष्ट्रकै सर्वोच्च पदमा पुगेकाले अब पदको कुनै आशक्ति नभएको तर्क गरेकी हुन् ।
कुनै पदप्रति लालसा, महत्त्वकांक्षा र आशक्ति छैन । किनकि मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु,’ उनले भनिन् ।
साथै, उनले आफू राजनीतिमा आएर देश र जनताको सेवा गर्ने विषयलाई अनौठो नमान्न आग्रह गरेकी छिन् ।
‘म राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध बनेर देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो र आश्चर्यजनक विषय होइन,’ भण्डारीले भनिन्, ‘यो संवैधानिक अधिकार मात्रै होइन । मुलुकमा राजनीति गरेर पार्टीको नेता भएर नै राष्ट्रपतिमा निर्वाचित भएको दिन र आफ्नो पार्टी जीवन आफ्नो पार्टीमा नै राजनीतिमा लगाएर देश र जनताको सेवामा समर्पित हुने निर्णयमा पुगेको हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ साउन २०८२, १६ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीसँग पुनः संवाद गर्ने
नेता-कार्यकर्तासँग भेटवार्ता गर्न बारा पुगिन विद्या भण्डारी
विद्या भण्डारीको सम्पर्क कार्यालय उद्घाटन आज
विद्या भण्डारीले बढाइन् राजनीति सक्रियता, यस्तो बन्यो कार्यतालिका
विद्या भण्डारीबारे ओलीको कटाक्ष- 'संसदीय राजनीतिमा आएपछि त खाएको खायै हुनुहुन्छ, कुनै अन्याय भएको छैन'
ओली झन् आक्रामक : विद्या भण्डारीमाथि बालुवाटारबाटै ‘राजनीतिक प्रहार’