काठमाडौँ । सभामुख देवराज घिमिरेले मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउने बताएका छन् । बिहीबार नेवा: पत्रकार राष्ट्रिय दबूका पदाधिकारीले बुझाएको अन्तरराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको प्रतिवेदन बुझ्दै उनले भने, “बहुजातीय, बहुभाषिक देशमा राज्यप्रति सबैको अपनत्व, संघीयताको प्रवर्द्धनका लागि मातृभाषामा पत्रकारिताको महत्त्वपूर्ण भूमिका रहन्छ । यो सम्मेलनले त्यसको भूमिकालाई उजागर गरेको छ ।”
उनले सम्मेलनको निष्कर्ष, उठान गरेका बहसलाई कानुन निर्माणमा, राज्यको व्यवहारमा कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता जनाए । “देशीविदेशी पत्रकारहरूको सहभागितामा तपाईँहरूले सम्पन्न गर्नुभएको सम्मेलनको आफ्नै महत्त्व र विशेषता छ । यसबाट आएको निष्कर्ष कार्यान्वयन गर्न पुरा सहयोग गर्ने छु”, उनले भने ।
पत्रकार राष्ट्रिय दबूले गत जेठ ३० र ३१ गते ‘मातृभाषा संरक्षणका लागि पत्रकारिता’ सम्मेलन आयोजना गरेको थियो । सो सम्मेलनमा बंगलादेश, भारतका विभिन्न प्रान्त र नेपालका पत्रकारहरूको सहभागिता रहेको थियो । सम्मेलनले समावेशी पत्रकारिताको विकास, समग्र पत्रकारिताको विकासमा मातृभाषा पत्रकारिताको महत्त्व र आवश्यकतासम्बन्धी विविध निष्कर्ष निकालेको थियो ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेवा: पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुनील महर्जन, महासचिव केके मानन्धर तथा सदस्यद्वय पूर्णभक्त दुवाल र विकास मालीलगायत सहभागी थिए । नेपालका प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यले पत्रकारिता सुरु गरेको एक सय वर्ष पुगेको उपलक्ष्यमा पत्रकार राष्ट्रिय दबूले सम्मेलन गरेको थियो ।
समावेशी सञ्चार र मातृभाषा पत्रकारिताको विकासका लागि नेवा: पत्रकार राष्ट्रिय दबूले १३ वर्षदेखि निरन्तर वकालत गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ साउन २०८२, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय प्रक्रियामा एआईको प्रयोग गर्नेबारे सोच्दैछौँ : सभामुख घिमिरे
रास्वपासँग सरकारले संवाद नगरेकोमा सभामुखले जनाए असन्तुष्टि
संघीयताका सकारात्मक पक्षलाई व्यवहारमा उतार्न ध्यान दिनुपर्छ : सभामुख घिमिरे
राज्य व्यवस्था समितिको सभापति चयन गर्न सभामुखको ताकेता
जलवायु परिवर्तनको समस्या राजनीतिक सीमामा सिमित हुँदैनः सभामुख घिमिरे
‘जनस्वास्थ्यसँग जोडिएका विषयलाई आमजनताले बुझ्ने भाषामा लेख्नु चुनौतीपूर्ण काम’ : सभामुख घिमिरे