काठमाडौँ। नेकपा एकीकृत समाजवादीका सांसद कृष्ण कुमार श्रेष्ठ (किसान)ले मधेशमा पानीको हाहाकार रहेको बताएका छन् । यो बेला संघीय सरकारले विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेकोमा धन्यवाद दिए । तर, यत्तिले नपुग्ने उनको आग्रह छ ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘तर विपत् संकटग्रस्त क्षेत्र घोषणा गरिदिएर मात्रै राज्यको दायित्व पुरा हुँदैन भन्ने विषयमा सरकार गम्भीर देखिएको छैन ।’
नेपाल सरकारले आवश्यक राहत उपलब्ध गराउनुपर्ने उनको आग्रह छ । खानेपानी र सिँचाइको अभावमा रहेका मधेशका नागरिकको समस्यामा संघीय सरकार रमिते मात्रै बनिरहेको उनको आरोप छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ साउन २०८२, १६ : ३०
लेखकबाट थप