काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा ऐतिहासिक वृद्धि भएको दाबी गरेका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको उल्लेख गरेका छन् ।
उनका अनुसार चालु आर्थिक वर्षमा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको छ ।
उनले आफू प्रधानमन्त्री हुनुअघि अर्थात् अघिल्लो वर्ष नेपालको कुल निर्यात १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँ मात्र रहेको थियो। ‘गत वर्षको तुलनामा निर्यात ८१.८० प्रतिशतले वृद्धि भएको छ,’ ओलीले उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओली नेतृत्वको सरकारले घरेलु उत्पादनमा आधारित निर्यात प्रवर्द्धनलाई प्राथमिकता दिएको दाबी गर्दै आएको छ ।
निर्यात वृद्धिको यो तथ्याङ्कले सरकारको नीति सही दिशातर्फ उन्मुख रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ साउन २०८२, ०९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की
सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री र जापानका राजदूतबीच सिंहदरवारमा भेटवार्ता
समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता