काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको भोलि कुनै पनि विकासका निर्माण सम्पन्न नहुने बताएका छन्।
प्रतिनिधि सभामा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले सोधेको प्रश्नको जवाफ दिँदै उनले विकास निर्माणको काम स्वस्थानीको कथाजस्तो नभएको बताए।
सांसद चौधरीले पर्वतको कुश्मामा रेलवे स्टेसन कहिले बन्ने, त्यहाँका जनताहरू स्टेसन बन्ने आशामा रहेको भनेर प्रश्न गरेपछि प्रधानमन्त्री ओलीले उक्त जवाफ दिएका हुन्।
रेलवे स्टेसन बेलुका भनेर रातभरिमा बिहानसम्म तयार हुने हो र ? यो स्वस्थानी कथाको शिवजीले यसो पार्वतीलाई देखाएको महल हो र, ’उनले प्रतिप्रश्न गरे।
उनले विकास निर्माणको कामको आफ्नै प्रक्रिया हुने भएकाले ढिलो चाँडो हुने स्पष्ट पारे। जनकपुरमा चलिरहेको रेल चलाउँछु भन्दा पनि यस्तै व्यंग्य गर्ने गरेको उनले बताए। तर, व्यंग्य गर्नेहरूले नै अहिले त्यसको जस लिने गरेको प्रधानमन्त्रीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ साउन २०८२, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति
'प्रधानमन्त्रीलाई माफी मगाउने कि बोली सच्याउने' : विपक्षी दलभित्रै मतभेद