काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको भोलि कुनै पनि विकासका निर्माण सम्पन्न नहुने बताएका छन्।
प्रतिनिधि सभामा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले सोधेको प्रश्नको जवाफ दिँदै उनले विकास निर्माणको काम स्वस्थानीको कथाजस्तो नभएको बताए।
सांसद चौधरीले पर्वतको कुश्मामा रेलवे स्टेसन कहिले बन्ने, त्यहाँका जनताहरू स्टेसन बन्ने आशामा रहेको भनेर प्रश्न गरेपछि प्रधानमन्त्री ओलीले उक्त जवाफ दिएका हुन्।
रेलवे स्टेसन बेलुका भनेर रातभरिमा बिहानसम्म तयार हुने हो र ? यो स्वस्थानी कथाको शिवजीले यसो पार्वतीलाई देखाएको महल हो र, ’उनले प्रतिप्रश्न गरे।
उनले विकास निर्माणको कामको आफ्नै प्रक्रिया हुने भएकाले ढिलो चाँडो हुने स्पष्ट पारे। जनकपुरमा चलिरहेको रेल चलाउँछु भन्दा पनि यस्तै व्यंग्य गर्ने गरेको उनले बताए। तर, व्यंग्य गर्नेहरूले नै अहिले त्यसको जस लिने गरेको प्रधानमन्त्रीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ साउन २०८२, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की
सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री र जापानका राजदूतबीच सिंहदरवारमा भेटवार्ता
समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता