काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–८ पिपलडाँडा खेल मैदानको बारमा एक महिला झुण्डिएको अवस्थामा फेला परेकी छिन् ।
कालो कपडा, कालो झोला र कालै जुत्ता लगाएकी ती महिला सोमबार बिहान झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
पिपलडाँडा खेल मैदानमा अहिले स्थानीयको ठूलो भीड लागेको छ ।
ती महिला को हुन् भन्ने बारेमा केही खुलेको छैन । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेकाे छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ साउन २०८२, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौमा एक व्यक्ति मृत फेला
सल्यानमा रोल्पाका एक पुरुष मृत फेला
नवलपुरमा पोथी गैँडा मृत फेला
टेकु दोभानमा एक जना मृत फेला
तनहुँमा दुई महिला मृत भेटिए, पहिचान खुल्न बाकी
चितवनको जङ्गलमा एक पुरुष मृत फेला