काठमाडौँ । सभामुख देवराज घिमिरेले संसारभर छरिएर रहेका नेपालीलाई एकताबद्ध गर्न संस्कृति एवं कलाको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । आइतबार ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ मा विभिन्न देशबाट नेपाल आएका कलाकारहरूसँग संसद् भवनमा भेट्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।
साथै, उनले भुटानबाट ठूलो संख्यामा नेपालीहरू लखेटिनुपरेको विषय पनि सो क्रममा सुनाए । ‘पञ्चायत व्यवस्थालाई अन्त्य गरेर बहुदलीय व्यवस्था आएको थियो, त्यहीबेला भुटानबाट ठूलो संख्यामा नेपाली मूलका धेरै नागरिकहरू लखेटिनुभयो । उनीहरूलाई नेपाली जनताले फूलमाला लगाएर स्वागत गरेका थिए,’ सभामुख घिमिरेले भने, ‘फकिर्ने कोशिस गर्दा पनि भारत सरकारले बाटोमा सुरक्षा निकायहरू राखेर जान दिएन । हामी नेपाली र नेपाली मूलको भएको कारणले भुटान पुगे पनि पाँच पुस्तापछि नेपाली नागरिकलाई लखेट्ने काम गर्यो ।’
उक्त भेटघाट कार्यक्रममा सभामुख घिमिरेले विगतमा नेपालीहरूले भोग्नुपरेको निरंकुश शासन, अभाव र उत्पीडनको चर्चा गर्दै अहिलेका यस्ता सांस्कृतिक कार्यक्रममा नेपालीपनको जगेर्ना हुँदै आएको उल्लेख गरे ।
‘विश्वका विभिन्न देशमा रहनु भएका नेपाली भाषीहरूलाई एक ठाउँमा ल्याउने काम मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सले गरेको छ । यसको अर्थ के हो भने हामी जुन मूलकबाट ओरिजिन भयौँ,’ सभामुख घिमिरेले भने, ‘त्यसको पहिचान हाम्रो संस्कार, हाम्रो भाषा र संस्कृति र साहित्यको संरक्षण गर्न सहयोग गर्छ । त्यसकारण सबैले मिलेर संसारभर रहनुभएका नेपालीहरूलाई गाँस्ने कुराको विकासमा आ-आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ ।’
उनले निरंकुश राजतन्त्रको कठोर घेराभित्र नेपाल थिचिएको कारण तत्कालीन समयमा नेपालमा कला र साहित्यसँग सम्बन्धित कार्यक्रमहरू आयोजना हुन नपाएको उल्लेख पनि गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ साउन २०८२, १४ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय प्रक्रियामा एआईको प्रयोग गर्नेबारे सोच्दैछौँ : सभामुख घिमिरे
रास्वपासँग सरकारले संवाद नगरेकोमा सभामुखले जनाए असन्तुष्टि
संघीयताका सकारात्मक पक्षलाई व्यवहारमा उतार्न ध्यान दिनुपर्छ : सभामुख घिमिरे
राज्य व्यवस्था समितिको सभापति चयन गर्न सभामुखको ताकेता
जलवायु परिवर्तनको समस्या राजनीतिक सीमामा सिमित हुँदैनः सभामुख घिमिरे
‘जनस्वास्थ्यसँग जोडिएका विषयलाई आमजनताले बुझ्ने भाषामा लेख्नु चुनौतीपूर्ण काम’ : सभामुख घिमिरे