काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको सञ्चालक समितिले देवकुमार ढकाललाई अध्यक्ष चयन गरेको छ ।
शुक्रबारको बैठकले ढकाललाई सर्वसम्मत अध्यक्ष चयन गरेसँगै उनले पदभारसमेत ग्रहण गरेका छन् ।
ढकालसँग नेपाल राष्ट्र बैङ्कमा ३० वर्षभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेको अनुभव छ ।
पछिल्लो समय राष्ट्र बैङ्कको निर्देशकको जिम्मेवारीमा रहेर कार्य गरेका ढकाल वित्तीय प्रणाली, बैङ्किग प्रशासन तथा नियमन प्रणाली विषयको जानकार हुन् ।
नवनियुक्त ढकाललाई बैङ्क सञ्चालक समिति सदस्यहरू महेश भट्टराई, लक्ष्मण घिमिरे, प्राध्यापक डाक्टर रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा. सूर्यबहादुर राना, प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाललगायतले स्वागत गरेका थिए ।
२०२२ सालमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैङ्कले अहिले तीन सय नौ वटा शाखा कार्यालयमार्फत ७७ वटै जिल्लामा करिव ४७ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रवाह गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ साउन २०८२, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२० वटा वाणिज्य बैङ्कमध्ये आधाको नाफा घट्यो