काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले विद्युतीय अपराध (साईबर क्राईम)को आरोपबाट सफाई पाएका छन् ।
जिल्ला अदालत काठमाडौँले बुधबार उनलाई दुई वटा साईबर अपराधको मुद्दामा सफाई दिएको हो ।
न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासले छुट्टाछुट्टै दुई वटा मुद्दामा प्रसाईँलाई सफाई दिएको हो । उनी विरुद्ध रोशन सुवेदी र टीका संग्रौलाले जाहेरी दिएपछि प्रहरीले साइबर अपराधको मुद्दा दायर गरेको थियो ।
उनीमाथि सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको र समाजमा घृणा फैलाएको आरोप थियो । यो मुद्दामा सफाई पाएपनि तिनकुने विध्वंसात्मक घटनामा संलग्न भएको आरोपमा थुनामा रहेका उनी थुनामुक्त हुन भने पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ साउन २०८२, २१ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईं र राणाको दूत बनेर सगुन लावती भारत भ्रमणमा
दुर्गा प्रसाईंमाथि छानबिन गर्न सिफारिस
दुर्गा प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न आदेश
दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको आधार र कारण पेश गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईँविरुद्ध अनुसन्धानका लागि तीन दिन म्याद थप
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ