काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भण्डारीलाई भेट्न भंगाल पुगेका कोइरालाले करिब एक घण्टा छलफल गरेका छन्। दुई नेताबीच देशको समसामयिक राजनीतिक परिस्थिति, सरकारको प्रभावकारिता र जनस्तरबाट उठिरहेको आम असन्तुष्टिको विषयमा भण्डारी र कोइरालाबीच कुराकानी भएको भण्डारीको सचिवालयले जनाएको छ।
कोइरालाले बिहीबार मात्र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गरेका थिए । कोइराला आज बिहान ९ बजे भण्डारीलाई भेट्न उनकै निवास पुगेका हुन् । पूर्व राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा प्रवेश गरेको विषयले एमालेभित्र तरङ्ग पैदा भइरहेका बेला कोइरालासँग पार्टीको आन्तरिक अवस्था र सरकारको एक वर्षको समीक्षा भएको हो । सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न नसकेको भन्दै नेता कोइरालाले दौडधूप बढाएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ साउन २०८२, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीसँग पुनः संवाद गर्ने
नेता-कार्यकर्तासँग भेटवार्ता गर्न बारा पुगिन विद्या भण्डारी
विद्या भण्डारीको सम्पर्क कार्यालय उद्घाटन आज
विद्या भण्डारीले बढाइन् राजनीति सक्रियता, यस्तो बन्यो कार्यतालिका
विद्या भण्डारीबारे ओलीको कटाक्ष- 'संसदीय राजनीतिमा आएपछि त खाएको खायै हुनुहुन्छ, कुनै अन्याय भएको छैन'
ओली झन् आक्रामक : विद्या भण्डारीमाथि बालुवाटारबाटै ‘राजनीतिक प्रहार’