काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा विधि निर्माणमा रहेको अन्योल हटेको दाबी गरेका छन् । शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले विधि निर्माणको अन्योल अन्त्य भएकाले मिसन ८४ का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टीको सुनिश्चित भएको बताएका हुन् ।
‘विधि निर्माणको अन्योल अन्त्य भएको छ । मिसन–८४का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टी आवश्यक थियो । त्यो सुनिश्चित भएको छ’, पोखरेलले भनेका छन् । शुक्रबार मध्यराति सम्पन्न एमाले सचिवालय बैठकले पार्टीमा ७० वर्षे उमेरहद र २ कार्यकाल हटाउने तथा पदाधिकारी संख्या १५ बनाउने र केन्द्रीय कमिटी २५१ सदस्यीय बनाउने निर्णय गरेको थियो ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले नेतृत्वमा आउने प्रयास गरिरहेका बेला सचिवालय बैठकले गरेका निर्णयहरूबाट भण्डारी आगामी विधान महाधिवेशनमै प्रतिनिधि बन्न नपाउने भएकी छन् । यो प्रबन्धका कारण एमालेको ११ औँ महाधिवेशनमा ओली नै दोहोरिने निश्चित भएपछि पोखरेले विधि निर्माणको अन्योल हटेको बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ साउन २०८२, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘एमालेमा दलितको भोट चल्दैन’ भन्ने भ्रामक प्रचार गर्न खोजिँदै छ : शंकर पोखरेल
नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ : शंकर पोखरेल
सरकार निर्वाचन गराउने बाटोमा अग्रसर छैनः शंकर पोखरेल
मधेसका मुख्यमन्त्रीलाई तत्काल राजीनामा गराई कोर्स करेक्सन गराउनुपर्ने शंकर पोखरेलको प्रस्ताव
मुलुकलाई संकटबाट उकास्न एमाले सक्षम छ’: शंकर पोखरेल
शंकर पोखरेलको प्रश्न- ‘कुलमानलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ ?’