विराटनगर । इलामको सूर्योदयमा छुरा प्रहारबाट एकजनाको हत्या भएको छ । अर्का एकजना घाइते छन् ।
भालुखोकमा गएराति २२ वर्षीय निरोज चापागाईँको हत्या भएको हो । छुरा प्रहारबाट उनका भाइ प्रकाश पनि घाइते भएका छन् । प्रकाशको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । निरोजको ससुराली घरनजिकै भालुखोकका ३३ वर्षीय किरण शेर्पाले छुरा हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
फरक वडाका भए पनि उनीहरूबीच पुरानो चिनजान भएको प्रहरीले जनाएको छ । विवादको कारण खुलिनसकेको डीएसपी मानबहादुर राईले बताए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ साउन २०८२, ११ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण
छोराले गरे आमाको हत्या