काठमाडौँ । स्वास्थ्य बीमाको सेवा सुविधा लागु हुने समय अब छोट्टिने भएको छ ।
सरकारले स्वास्थ्य बीमा नियमावली, २०७५ को पहिलो संशोधन २०८२ अनुसार बिमित व्यक्तिले बीमामा दर्ता भएको महिनापश्चात् तेस्रो महिनाको पहिलो गतेदेखि बीमा सेवा-सुविधा लिन सक्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
नयाँ व्यवस्थाअनुसार बिमितले बीमा गरेको एक महिना भित्रमै सेवा लिन सक्नेछन् ।
बोर्डले आउँदो १ साउनदेखि लागु हुने गरी एक महिनाको अन्तरमा उपचार सुविधा उपलब्ध गराउने निर्णय गरेको हो ।
यसअघि बीमा आबद्ध भएका नागरिकले सेवा लिनका लागि ४ महिनासम्म कुर्नुपर्ने हुन्थ्यो ।
बोर्डका सूचना अधिकृत विकेश मल्ल ठकुरीले नयाँ व्यवस्थाले बिमितको उपचार सुविधा सुरु हुने समय घटेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० असार २०८२, २१ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा
स्वास्थ्य बीमा प्रणालीमा नयाँ व्यवस्था : श्रावण १ देखि ‘प्रथम सेवा विन्दु’को बाध्यता हट्ने
सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउने तयारी सुरु
अब अनलाइनबाटै स्वास्थ्य बीमाको नवीकरण
आफू बसोबास गरेकै ठाउँबाट स्वास्थ्य बीमा सेवाको व्यवस्था
स्वास्थ्य बीमासम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता