काठमाडौँ । स्पेनमा आयोजित राष्ट्रसंघीय कार्यक्रममा सहभागी गराउने नाममा भिसा लगाइएका व्यक्तिहरूबारे छानबिन गर्न गृहमन्त्री रमेश लेखकले आकस्मिक उच्चस्तरीय बैठक बोलाएका छन्।
गृहसचिव गोकर्णमणि दवाडी, प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख चन्द्रकुबेर खापुङ, मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुख कृष्ण पंगेनी र अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालसहितको बैठक आज सोमबार सिंहदरवारस्थित गृह मन्त्रालयमा बस्दैछ।
गृह मन्त्रालय स्रोतका अनुसार आज सोमबार दिउँसो १:३० बजे बस्ने बैठकमा कुन एनजीओ वा आईएनजीओले ती व्यक्तिहरूलाई स्पेन लैजान अनधिकृत रूपमा रकम संकलन गरेको हो भन्ने विषयमा जाँचबुझ गर्न निर्देशन दिइनेछ।
यसअघि आज बिहानै गृहमन्त्री लेखकले गृहसचिव दवाडी र आईजीपी थापालाई बोलाएर प्रारम्भिक रूपमा छानबिन अघि बढाउन निर्देशन दिइसकेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० असार २०८२, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृह मन्त्रालयले ओली र दाहालका मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता बोलायो
अध्यागमन र भिजिट भिसा प्रकरणको प्रतिवेदन गृह मन्त्रालयमा पठाउने निर्णय
विरोधका कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट गर्न गृह मन्त्रालयको आग्रह
फरार अभियुक्त पक्राउ गर्न गृह मन्त्रालयले बढायो सक्रियता
कर्मचारीलाई कडा निर्देशनः २४ घण्टाभित्र हाजिर नभए कारबाही (सूची)
गृह मन्त्रालयले गर्यो २० प्रमुख जिल्ला अधिकारीको सरुवा (सूची)