काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारको एक वर्ष पूरा गरेको र यो अवधिमा सुधारको प्रयास भएको बताएका छन् ।
‘पार्टी अध्यक्ष नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको छ । यो एक वर्षमा ओरालो यात्रा रोकिएको छ र सुधारका सुस्पष्ट परिणाम देखिंदैछन्’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
३० असारमा केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका थिए । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले समेत सम्मिलित सरकारले एक वर्ष समय पार गरको हो । यही अवसरमा एमाले महासचिव पोखरेलले एक वर्षको अवधिमा सुधारका प्रयास भएको बताएका हुन् ।
१७ असार २०८१ मा कांग्रेस र एमालेले संयुक्त सरकार बनाउने गरी ७ बुँदे समझदारी गरेका थिए । उक्त समझदारी अनुसार ३० असार २०८१ मा एमाले अध्यक्ष ओली प्रधानमन्त्री बनेका हुन् । पहिलो चरणमा ओली र दोस्रो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने समझदारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० असार २०८२, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्य बुझेको एमाले हरेक चुनौतीको सामना गर्छ : शंकर पोखरेल
बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल
सल्लाहकार र पीएको भद्दा फौज खडा गरेको सुन्दा अचम्म लाग्छ: शंकर पोखरेल
एमाले पुनर्गठन औपचारिक निर्णय हो, मतमतान्तरको कुरा भ्रामक: शंकर पोखरेल
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल