एजेन्सी । केन्टकीस्थित एक चर्चको परिसरमा भएको गोलाबारीमा दुई महिलाको मृत्यु भएको पुष्टि भएको छ। घटनामा अन्य दुई जना पुरुष घाइते भएका छन् ।
यो घटना एक बन्दुकधारीले एक प्रहरी अधिकारीलाई गोली हानी घाइते बनाएपछि सुरु भएको थियो। अधिकारीहरूका अनुसार, संदिग्धले ट्राफिक जाँचका क्रममा एक स्टेट ट्रुपरलाई गोली हानेका थिए।
त्यसपछि उनले एक गाडी अपहरण गरी लेक्सिङटनस्थित रिचमण्ड रोड ब्याप्टिस्ट चर्चतर्फ गए, जहाँ उनले भक्तजनहरूमाथि गोली चलाए। पछि प्रहरी कारबाहीमा आक्रमणकारी पनि मारिएका थिए।
काउन्टी कोरोनरको कार्यालयका एक अधिकारीले मृतक दुई महिलाको पहिचान खुलाएका छन्। उनीहरू ७२ वर्षीया बेभर्ली गम र ३२ वर्षीया क्रिस्टिना कम्ब्स रहेको बताइएको छ। उनीहरू दुवैलाई घटनास्थलमै मृत घोषित गरिएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० असार २०८२, ०७ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अस्ट्रियाको विद्यालयमा गोलाबारी, मृत्यु हुनेको संख्या ११ पुग्यो
पाकिस्तानबाट गोलाबारी भइरहेको छ, एक अधिकारी मारिए: जम्मु कश्मीरका मुख्यमन्त्री
भारतको हवाई हमलापछि जम्मु-कश्मीरमा गोलाबारी