काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त नेपाली भाषाका कवि मात्र नभएर मातृभाषालाई माया गर्ने सबैका साझा कवि भएको बताएका छन् । २१२ औँ भानुजयन्तीका अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठान र भानु साहित्य उद्यानद्वारा आइतबार शितल निवासमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले प्रत्येक भाषाका स्रष्टाले भानुभक्तबाट प्रेरणा लिएर आ-आफ्नो मातृभाषामा साहित्य सिर्जना गरि नेपाली समाजलाई विविध भाषा र साहित्यको सुन्दर बँगैचाका रूपमा सिँगार्न सक्नुपर्ने समेत बताए ।
राष्ट्रपति पौडेलले भानुको जन्मस्थल चुँदीरम्घालाई विश्वभरि छरिएर रहेका नेपालीहरू र नेपाललाई बुझ्न चाहने विश्वका मानिसहरूले जीवनमा कमसेकम एक पटक भ्रमण गर्नै पर्ने ठाँउका रुपमा विकास गर्न आवश्यक रहेको उल्लेख गरे । यसबाट पर्यटनको विस्तारमा पनि योगदान पुग्ने उनको विश्वास छ ।
राष्ट्रपति पौडेलले भानु उद्यानलाई नेपाली संस्कृतिको साझा केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । राष्ट्रपति पौडेलले भानुभक्तको समयमा समाजले संस्कृतको ज्ञानलाई नै शिक्षाको आदर्श मान्ने गरेको उल्लेख गरे ।
कार्यक्रममा विभिन्न ९ जना कविले कविता वाचन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ असार २०८२, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुद्ध दर्शनले मात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्नसक्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शिलान्यास
यस्तो छ संसद्को संयुक्त बैठकमा राष्ट्रपति पौडेलले गरेको सम्बोधनको पुर्णपाठ
जनअपेक्षा अनुरूप शासन सञ्चालन गर्नुपर्नेमा राष्ट्रपति पौडेलको जोड
निजी क्षेत्र देशको ‘आर्थिक इन्जिन’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग प्रधानन्यायाधिश सिंहको भेट