काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’मा गरिएको शब्द फेरबदल गम्भीर त्रुटि भएको र त्यसमा सबै सांसद अंशियार रहेको बताएका छन्।
यसैले अब त्यस्तो गल्ती नहोस् भनेर आफूले केही दिनअघि मात्र भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक संसद्को कार्यसूचीबाट हटाउन लगाएको उनले उल्लेख गरेका छन्।
‘निजामती विधेयकको ‘कुलिङ पिरियड’ सन्दर्भमा भएको शब्द फेरबदल गम्भीर त्रुटि हो। हामी सबै त्यसका अंशियार छौँ- मात्रात्मक रूपमा कमबेसी होला। यसमा सर्वदलीय छानबिन समिति पनि बनेको छ’, रासससँग अन्तर्वार्तामा शनिबार सांसद शर्माले भनेका छन्, ‘तर विधेयकको सन्दर्भमा कम छलफल हुन्छ भन्ने होइन। राज्य व्यवस्था समितिमा निजामती विधेयक पनि लामो समय छलफल भएको थियो। भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न २०७६ सालमा आएको विधेयक पनि सोही समितिले लामो छलफलपछि संसद्मा पठाएको हो। कहिलेकाहीँ हतारिएर विधेयक पारित गराउने प्रयास हुन्छ, त्यस्तो रोक्न हामी लागेका छौँ। केही दिनअघि संसद्मा प्रस्तुत गर्ने तयारीसहित कार्यसूचीमा राखिएको भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमा सहमति जुटाएर मात्र अगाडि बढाउनुपर्ने भन्दै कार्यसूचीबाट हटाउन मैले नै पहल गरेको थिएँ।’
राज्य व्यवस्था तथा सुशसान समितिबाट सर्वसम्मत पारित संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा राखिएको 'कुलिङ अफ पिरियड'सम्बन्धी व्यवस्थामा प्रतिनिधि सभाबाट पास गरिँदा ‘बाहेक’ शब्द थपिएको पाइएको हो। जसले 'कुलिङ अफ पिरियड'लाई निष्क्रिय बनाएको छ। जसले गर्दा सांसदहरूले विधेयक नपढी पास गर्दा रहेछन् भन्ने आलोचना भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ असार २०८२, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्रीमाथि उजुरी परेको छैन, अनुसन्धान उहाँसम्म पुगे पद छाड्नुहुन्छ : विश्वप्रकाश शर्मा
शिक्षकलाई जस्तै निजामती कर्मचारीलाई पनि सडकमै पुग्ने वातावरण नबनाऔँ: विश्वप्रकाश शर्मा
प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउन ढिलाइ गरे : विश्वप्रकाश शर्मा
मैले र गगनले कुलमान हटाउन हुँदैन भनेका थियौं: विश्वप्रकाश शर्मा
संविधान संशोधन ०८७ मा हुन्छ भन्ने ओलीको भनाइमा विश्वप्रकाशले जनाए आपत्ति
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्नेगरी संविधान संशोधन गराैँ : महामन्त्री शर्मा