काठमाडौं। नेपाली कांग्रेसका ११ केन्द्रीय सदस्यलाई अनुशासनको कारबाही माग गर्दै अनुशासन समितिमा उजुरी परेको छ । अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले पार्टी केन्द्रीय समितिको बैठकमा उक्त जानकारी गराएका हुन् ।
अनुशासन समितिलाई ५० जिल्लाबाट २१ सय उजुरी प्राप्त भएको उनले जानकारी गराए । ढुङ्गानाले बैठकमा भने,‘केन्द्रीय सदस्य ११ जना, प्रदेश सभापति १ जना, जिल्ला सभापति ७ जनालाई अनुशासनसम्बन्धी कारबाहीका लागि उजुरी प्राप्त भएको छ । उक्त उजुरीमाथि छानबिनको प्रक्रिया जारी रहेको जानकारी गराउन चाहन्छु ।’
ढुङ्गानाले उजुरी प्राप्त भएका केन्द्रीय सदस्यको नाम भने बैठकमा खुलाएनन् । अनुशासन समितिले आफुखुसी र पूर्वाग्रही राखेर कारबाही गरेको नेताहरुले बैठकमा कुरा उठाएका थिए । नेताहरुको आरोपप्रति जवाफ फर्काउँदै ढुङ्गानाले भने,‘प्रमाणको आधारमा हामीले कारबाही गरेका छौँ । उजुरीको मात्र आधारमा हामीले गरेका छैनौँ । उजुरीको आधारमा एक आपसमा चाहिँ विभिन्न कारण उजुरी गरिएका होलान् ।’
समितिमा प्राप्त भएका उजुरीहरुको गहन अध्ययन गरी गरिए पश्चात अनुशासन समितिको पूर्ण बैठक पछि उपलब्ध प्रमाणको आधारमा स्पष्टीकरण सोधिएको उनले बताए ।अब उप्रान्त पार्टी हितविरोधी गतिविधि नगर्ने, सचेत गराउने, निश्चित अवधिको लागि पार्टीको पदबाट निलम्बन गर्ने, निष्कासन गर्ने जस्ता निर्णयहरु समितिले गरेको ढुङ्गनाले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ असार २०८२, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाही-४ केन्द्रित अध्ययनका लागि विषयगत टोली गठन
काँग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम किन भयो स्थगित ?
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
कांग्रेस सभापति थापा आज सर्लाही जाँदै
कांग्रेसले गर्यो जनकपुरको चुनावी सभा स्थगित, यस्तो छ कारण
राष्ट्रिय सभा चुनाव आज, कांग्रेसले गठबन्धनमा के गर्ला ?