काठमाडौं। नेपाली कांग्रेसका ११ केन्द्रीय सदस्यलाई अनुशासनको कारबाही माग गर्दै अनुशासन समितिमा उजुरी परेको छ । अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले पार्टी केन्द्रीय समितिको बैठकमा उक्त जानकारी गराएका हुन् ।
अनुशासन समितिलाई ५० जिल्लाबाट २१ सय उजुरी प्राप्त भएको उनले जानकारी गराए । ढुङ्गानाले बैठकमा भने,‘केन्द्रीय सदस्य ११ जना, प्रदेश सभापति १ जना, जिल्ला सभापति ७ जनालाई अनुशासनसम्बन्धी कारबाहीका लागि उजुरी प्राप्त भएको छ । उक्त उजुरीमाथि छानबिनको प्रक्रिया जारी रहेको जानकारी गराउन चाहन्छु ।’
ढुङ्गानाले उजुरी प्राप्त भएका केन्द्रीय सदस्यको नाम भने बैठकमा खुलाएनन् । अनुशासन समितिले आफुखुसी र पूर्वाग्रही राखेर कारबाही गरेको नेताहरुले बैठकमा कुरा उठाएका थिए । नेताहरुको आरोपप्रति जवाफ फर्काउँदै ढुङ्गानाले भने,‘प्रमाणको आधारमा हामीले कारबाही गरेका छौँ । उजुरीको मात्र आधारमा हामीले गरेका छैनौँ । उजुरीको आधारमा एक आपसमा चाहिँ विभिन्न कारण उजुरी गरिएका होलान् ।’
समितिमा प्राप्त भएका उजुरीहरुको गहन अध्ययन गरी गरिए पश्चात अनुशासन समितिको पूर्ण बैठक पछि उपलब्ध प्रमाणको आधारमा स्पष्टीकरण सोधिएको उनले बताए ।अब उप्रान्त पार्टी हितविरोधी गतिविधि नगर्ने, सचेत गराउने, निश्चित अवधिको लागि पार्टीको पदबाट निलम्बन गर्ने, निष्कासन गर्ने जस्ता निर्णयहरु समितिले गरेको ढुङ्गनाले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ असार २०८२, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप