काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली ६ दिन लामो स्पेनको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन् ।
त्रिभुवन विमानस्थलमा ओर्लिएपश्चात उनी सिधै बालुवाटार प्रस्थान गरेका छन् ।
प्रधानमन्त्रीको प्रतीक्षामा पत्रकारहरू विमानस्थलको प्रेस रुममा बसेका थिए । प्रधानमन्त्री उपस्थित नभएपछि परराष्ट्र सचिव अमृतबहादुर राईले ब्रिफिङ गरे । उनले प्रधानमन्त्रीको तर्फबाट भ्रमणबारे जानकारी गराए ।
प्रधानमन्त्री ओली विकासका लागि वित्त चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर फर्किएका हुन् । उनी स्पेनका प्रधानमन्त्री तथा राष्ट्रसंघका महासचिवको निमन्त्रणमा गत असार १४ गते स्पेनतर्फ प्रस्थान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० असार २०८२, १८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना
कुलमानलाई प्रधानमन्त्रीको प्रश्न– 'दलीय आवद्दता खुल्यो, अव के गर्ने ?'
प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच भेट
पर्वहरूले हाम्रो बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ बनाएका छन् : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीले आज देउवा, ओली र प्रचण्डसँग निर्वाचनबारे छलफल गर्ने
प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना