काठमाडौँ । स्रोत नखुलेको रकमसहित एक जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिराहाको भगवानपुर गाउँपालिका-४ ठारी बस्ने ५८ वर्षीय जगदीश यादव रहेका छन्।बलान बिहुल गाउँपालिका-२ बाट स्रोत नखुलेको नगद ७ लाख रुपैयाँ र मोबाइल १ थानसहित सिराहा उनलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो। साथै प्रहरीले उनले प्रयोग गरेको म.प्र-०१-००४ प ७९८९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० असार २०८२, १६ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ