काठमाडौँ । आंशिक प्राध्यापकहरूले त्रिभुवन विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार र सेवा आयोगमा लगाएको ताला खोलेका छन् । सर्वोच्च अदालतले बुधबार त्रिविमा लगाएको ताला तत्काल खोल्न आदेश दिएको थियो । अदालतले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी वृत्त कीर्तिपुरको नाममा तत्काल ताला खोल्न अन्तरिम आदेश जारी गरेको थियो ।
तर शुक्रबार बिहान आंशिक प्राध्यापकहरूले आफैँ ताला खोलेका छन् । फास्ट ट्रयाकबाट प्राध्यापक नियुक्त गर्न लागेको भन्दै ३० जेठमा आंशिक प्राध्यापक संघले तालाबन्दी गरेको थियो ।
शुक्रबार त्रिविको ६६ औँ वार्षिकोत्सव पनि थियो । त्रिभुवन स्मृति भवनमा वार्षिकोत्सव कार्यक्रम सुरु हुनुअघि नै आंशिक प्राध्यापकले गएर तला खोलेका हुन् ।तर नेविसंघ निकट विद्यार्थीले लगाएको ताला भने खुलेको छैन । स्नातक पहिलो वर्षको भर्ना खुलाउनु पर्ने माग राखेर नेविसंघबाट निर्वाचित भएका काठमाडौँमा स्ववियु पदाधिकारीले उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यकक्षमा ताला लगाएका थिए ।
ताला सँगै उनीहरूले उपकुलपतिको कार्यकक्षमा तोडफोड गरेका थिए । तोडफोडमा संलग्नलाई कारबाहीको माग गर्दै त्रिविले जाहेरी दिएको थियो । तर अहिलेसम्म कारबाही भएको छैन । पक्राउ परेका दुई जनालाई पनि छोडिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० असार २०८२, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिविको वार्षिक साधारण सभाबाट ६३ औँ ग्रेस लिष्ट पारित
यो वर्ष त्रिविबाट ग्राजुएट हुँदै ९० हजार विद्यार्थी
त्रिवि सभा सदस्य मनोनयन प्रक्रियामा स्ववियुकाे आपत्ति
त्रिविमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ
त्रिवि उपकुलपतिको कार्यकक्षमा तोडफोड
उपकुलपति बरालको राजीनामा प्रधानमन्त्रीलाई पेस गरिने