इण्डोनेसियामा पानी जहाज डुब्दा ६ जनाको मृत्यु, २४ जना बेपत्ता

एजेन्सी

शुक्रबार, २० असार २०८२, १० : ३८
इण्डोनेसियामा पानी जहाज डुब्दा ६ जनाको मृत्यु, २४ जना बेपत्ता

इण्डोनेसिया । इण्डोनेसियाको बाली स्ट्रेटमा यात्रुवाहक जहाज डुब्दा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । २४ जना अझै बेपत्ता छन् ।

३५ जनाको उद्धार गरिएको बालीस्थित खोज तथा उद्धार कार्यालयका प्रवक्ता गुस्ती आयु केतुत विजयन्तीले बताए । रात परेका कारण बिहीवार साँझ खोज तथा उद्धार कार्य स्थगित गरिएको थियो । शुक्रबार पुनः शुरु हुने विजयन्तीले बताए ।

सबै पीडितहरूलाई बालीको जेम्ब्राना रिजेन्सीको अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस