काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ११ निर्माण व्यवसायी/आपूर्तिकर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ । कार्यालयले आज एक सूचना जारी गरी कालोसूचीमा राख्न नपर्नेको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको हो ।
कार्यालयले विभिन्न सार्वजनिक निकायहरूबाट कालोसूचीमा राख्न निवेदन परेकोले कालोसूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र यस कार्यालयमा लिखित स्पष्टीकरण पेस गर्नू भनी निजहरूको ठेगानामा सूचना पठाइएकोमा हालसम्म लिखित स्पष्टीकरण पेस नभएकोले सात दिनभित्र स्पष्टीकरण पेस गर्न पुन सूचना जारी गरिएको हो ।
हेर्नुहोस् सूची :
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० असार २०८२, १० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिमेन्टको भाउ अस्वाभाविक बढाइँदा पनि सरकार मूकदर्शक भएको निर्माण व्यवसायीको आरोप
निर्माण व्यवसायी र सिमेन्ट उत्पादक संघबिच सिमेन्टको मूल्य घटाउने सहमति
‘निर्माण व्यवसायीको ३ अर्ब २१ करोड भुक्तानी हुन बाँकी