काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको बताएका छन् । राष्ट्रिय सभाको बैठकमा सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री पौडेलले बजेट तजबिज ढंगले होइन, प्रणाली अन्तर्गत निर्माण भएको जानकारी दिएका हुन् ।
उनले बजेट कर्मकाण्डीका रूपमा नभई तथ्यपरक रूपमा आएको र संसद्ले पारित गरेपछि कार्यान्वयनमा जाने बताए । अर्थमन्त्री पौडेलले ऋणको दायरा असीमित नहोस् भनेर सरकार सचेत रहेको, उत्पादन र पुँजीगत खर्चमा सदुपयोगका लागि विशेष ध्यान दिने बताए ।
करको दायरा विस्तार, चुहावट नियन्त्रण, सूचना प्रविधिमा आबद्धता, राजस्व प्रशासनलाई प्रभावकारी लगायतका कार्य गरी राजस्वको लक्ष्य हासिल गर्ने अर्थमन्त्रीको भनाइ छ । नेपाल ग्रे लिष्टबाट बाहिर निस्कनु पर्ने, सम्पत्ति शुद्धिकरणमा ध्यान दिनुपर्ने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले विलासिता करमा थ्रेस होल्ड हटाइएको, सुनका गहना कारोबारमा संलग्न व्यवसायीहरूको गुनासोबारे छलफलमा रहेको र छलफलबाटै साझा निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे ।
अर्थमन्त्री पौडेलले बजेट निर्माण प्रक्रियामा सांसदहरूले दिएका सुझावहरूलाई पनि ख्याल गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ असार २०८२, १६ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सञ्चार क्षेत्रले सरकारका कमजोरी औँल्याउने र राम्रा काम जनतासम्म पुर्याउनुपर्छ’ : अर्थमन्त्री पौडेल
‘लगानीको वातावरण सिर्जना गर्न सरकार लागिरहेको छ’: अर्थमन्त्री पौडेल
‘मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य’: अर्थमन्त्री पौडेल
नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार कुनै कसर बाँकी राख्दैन’ : अर्थमन्त्री पौडेल
अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन सरकार गम्भिर छः अर्थमन्त्री पौडेल
अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिजुनबीच शिष्टाचार भेट