काठमाडौँ। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेट पास भएको छ । बुधबार प्रदेश सभा बैठकमा बजेटमाथिको छलफल सकिएपछि बजेटसँग सम्बन्धी विधेयक सर्वसम्मतिले पास गरिएको हो ।
१ असारमा आर्थिक मामिला मन्त्री थापाले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४७ करोड बराबरको बजेट ल्याएका थिए । बजेटमाथिको छलफल सकिएपछि सभामुख भण्डारीले बजेटसँग सम्बन्धित विधेयकहरू सर्वसम्मतिले पास भएको घोषणा गरेका हुन् ।
बजेटमाथिको छलफलमा सत्तापक्ष र प्रतिपक्षका २७ जना प्रदेश सभा सदस्यले भाग लिएका थिए । प्रायजसो प्रदेश सभा सदस्यले बिचौलिया मार्फत योजना खरिदबिक्री गरेको आरोप लगाउँदै छानबिन गर्न संसदीय समिति बनाउन माग गरेका थिए ।
छलफलमा बजेटको आलोचना गर्दै छानबिन गर्न माग गरेका सत्तारुढ दलकै प्रदेश सभा सदस्यहरूको समर्थनमा बजेट पास भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ असार २०८२, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिमका सर्प दंशको उच्च जोखिम रहेका क्षेत्रमा उपचार सेवा विस्तार गरिँदै
सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
जनकपुरलाई हराउँदै सुदूरपश्चिम ‘प्लेअफ’मा
सुदूरपश्चिममा धान उत्पादन : क्षेत्रफल घट्यो, उत्पादकत्व वृद्धि
सुदूरपश्चिमका १३ क्याम्पसलाई आंगीक बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण