सुदूरपश्चिमको बजेट प्रदेश सभाबाट पारित

सफल खबर संवाददाता

बुधबार, १८ असार २०८२, १३ : १८
सुदूरपश्चिमको बजेट प्रदेश सभाबाट पारित

काठमाडौँ। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेट पास भएको छ । बुधबार प्रदेश सभा बैठकमा बजेटमाथिको छलफल सकिएपछि बजेटसँग सम्बन्धी विधेयक सर्वसम्मतिले पास गरिएको हो ।

१ असारमा आर्थिक मामिला मन्त्री थापाले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४७ करोड बराबरको बजेट ल्याएका थिए । बजेटमाथिको छलफल सकिएपछि सभामुख भण्डारीले बजेटसँग सम्बन्धित विधेयकहरू सर्वसम्मतिले पास भएको घोषणा गरेका हुन् ।

बजेटमाथिको छलफलमा सत्तापक्ष र प्रतिपक्षका २७ जना प्रदेश सभा सदस्यले भाग लिएका थिए । प्रायजसो प्रदेश सभा सदस्यले बिचौलिया मार्फत योजना खरिदबिक्री गरेको आरोप लगाउँदै छानबिन गर्न संसदीय समिति बनाउन माग गरेका थिए ।

छलफलमा बजेटको आलोचना गर्दै छानबिन गर्न माग गरेका सत्तारुढ दलकै प्रदेश सभा सदस्यहरूको समर्थनमा बजेट पास भएको छ ।