निजामती विधेयकमा कर्मचारीतन्त्रलाई दोष देखाएर सांसदहरू उम्किन खोजे : सुमना श्रेष्ठ

सफल खबर संवाददाता

मंगलबार, १७ असार २०८२, १२ : २५
निजामती विधेयकमा कर्मचारीतन्त्रलाई दोष देखाएर सांसदहरू उम्किन खोजे : सुमना श्रेष्ठ

काठमाडौं । रास्वपाकी सांसद सुमना श्रेष्ठले निजामती विधेयकमा कुलिङ पिरियडबारे भएको छेडखानीबारे राज्यव्यवस्था समितिका सांसदहरूले थाहा थिएन भन्न नमिल्ने तर्क गरेकी छन् ।

सभामुखसँग छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै संसदीय व्यवस्थामाथि नै प्रकार भयो भन्ने पुष्टि गर्ने आधार आफूले नभेटेको बताइन् । उनले भनिन्, ‘कुलिङ पिरियडमा बाहेक शब्द कहाँबाट आयो भन्ने चर्चा चलिरहेको छ । त्यो मूल विधेयकमा छ, जब मूल विधेयकमा बाहेक शब्द हटाइन्न, त्यति बेलासम्म त त्यो कायम रहन्छ । त्यस कारणले कर्मचारीतन्त्रलाई दोष देखाएर सांसदहरू उम्किनको लागि सार्वभौमतामाथि आक्रमण भयो भनियो। त्यो मलाई गलत लाग्छ ।’

उनले यसमा भएको गल्तीलाई स्विकारेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् । समितिबाट कुलिङ पिरियड समेतको व्यवस्था राख्दै सर्वसम्मतिबाट पारित भए पनि अहिले ऐनमा ‘बाहेक’ शब्द थपिएपछि विवाद बढ्दै गएको छ ।

 

प्रतिक्रिया दिनुहोस