काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका विभिन्न केन्द्रीय विभागका प्रमुखहरूसँग छलफल गरेका छन् । आज पार्टी अन्तर्गतका विभिन्न केन्द्रीय विभागका प्रमुखहरूसँग विभागीय गतिविधिबारे छलफल गरेका हुन् ।
अध्यक्षले लिङ्देनले पार्टीको योजना, विभागले गर्नुपर्ने कामहरू लगायतका विविध विषयमा छलफल गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए । उनले भने, ‘उहाँहरूसँग पार्टीको विभागीय गतिविधि, अभियान र आगामी योजनाबारे छलफल गर्नुभयो । साथै विकसित राजनीतिक घटनाक्रमबारे पनि छलफल गर्नुभयो ।’
राप्रपासहित राजावादीहरूले थालेको राजसंस्था फर्काउने आन्दोलन अहिले सेलाएको छ । बैठकमा त्यसबारेमा पनि छलफल भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ असार २०८२, १५ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजेन्द्र लिङ्देनको दाबी-‘काँग्रेस-एमालेले देश लुट्नलाई टेन्डर पारेजस्तो गर्दैछन्, मन्त्रीहरूको कमाउन प्रतिस्पर्धा छ’
राजेन्द्र लिङ्देनको प्रश्न : कहाँ छ प्रधानमन्त्रीको सुशासन आयोग ?
जबर्जस्ती सदन चलाए बहिष्कार गर्छौँ : राजेन्द्र लिङ्देन
संसदको अवरोधबारे सभामुख घिमिरेद्वारा डीपी अर्याल र राजेन्द्र लिङ्देनसँग छलफल
राजावादीहरूसँग सरकार डरायो : राजेन्द्र लिङ्देन
४० वर्ष मुनिका युवासँग साक्षात्कार गर्दै राप्रपा अध्यक्ष लिङ्देन