काठमाडौं । सभामुख देवराज घिमिरेले आर्थिक विधेयक असार मसान्तभित्र जसरी पनि पास गर्नुपर्ने भएकाले पेलेरै भए पनि सदन चलाउनुपरेको प्रष्टीकरण दिएका छन्। संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विरोध, अवरोध, असहयोग भए पनि जबरजस्ती संख्या पुर्याएर भए पनि नीति र विधि अनुसार गर्ने गरेको बताए।
उनले भने, ‘अहिले पनि बजेट अधिवेशनमा सांसदभित्र अवरोध, विरोध र अनुचित ढङ्गले आग्रह पूर्वाग्रहले बजेट अधिवेशन प्रभावित हुँदा हुँदै पनि हामीले जबरजस्ती गरिरहेका छौँ। यो ठिक कि बेठिक ? यसरी चलाउन हुन्छ कि हुँदैन ? कसको दायित्व के हो ? सरकार र प्रतिपक्षको दायित्व के हो ? त्यसमा ध्यान जानुपर्छ।’
उनले बजेट सरकारको नीतिमा आधारित भएर आउने पनि उल्लेख गरे। उनले भने, ‘संसद्को प्रभावकारीमाथि प्रश्न खडा गर्ने मात्रै होइन, संसदीय व्यवस्था र प्रणालीमाथि नै चुनौती खडा भइरहेका छन्, इमानदारिताका साथ यो व्यवस्थालाई प्रभावकारी र जनताको प्रतिनिधि बसेर कानुन बनाउने र शासन बनाउने ठाउँ बनाउनुपर्छ।’
उनले संसदीय व्यवस्थामा क्यालेन्डर बनाएर विधि संवत् ढङ्गले चल्ने गरेको भए पनि प्रभावकारी नभएको औँल्याए। उनले भने, ‘हामीले पनि क्यालेन्डर बनाएर लान कोसिस गरिरहेका छौँ। तर कति बेला कसलाई के कुरामा रिस उठ्छ, उसले आएर सभा चल्न दिन्न भन्दिन्छ। त्यसैको पछाडि दल लाग्छ सदनलाई रोकेर जान्छ। हामीले जति नै क्यालेन्डर बनाएर चलाउने कोसिस गरे पनि सफल हुन सकेको छैन। यसको मूलयाङ्कन कहाँ के बाट गर्ने ?’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ असार २०८२, १४ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख घिमिरेले दलका नेतापछि संविधानविद्हरूसँग थाले कानुनी परामर्श
संसद् विघटनबारे सभामुख घिमिरेद्वारा दलहरूको राय माग
‘दसैँ नेपाली समाजमा मेलमिलाप र पुनर्मिलनको पर्व हो’ : सभामुख घिमिरे
संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न जरुरी छ : सभामुख घिमिरे
संसद् विघटन नगरी समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो: सभामुख घिमिरे
संसदीय प्रक्रियामा एआईको प्रयोग गर्नेबारे सोच्दैछौँ : सभामुख घिमिरे