काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाका सिर्जनात्मक, सकारात्मक र परिवर्तनकारी पहलकदमीसँग सहकार्य गर्दै अघि बढ्नुको विकल्प नरहेको बताएका छन ।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले जलविद्युत, पर्यटन, कृषि, जडिबुटी, घरेलु तथा साना उद्योग र डिजिटल उद्यम लगायतका क्षेत्रमा युवालाई केन्द्रमा राखि नीति निर्माण र कार्यान्वयन गर्न आवश्यक रहेको बताए । नेपालका युवाहरु स्वदेशमै रोजगारी, सीप र स्वाभिमानसहित अघि बढोस् भन्ने सबैको चाहना मात्र रहेको तर त्यसका लागि सबैले दृढ संकल्पकासाथ अघि बढ्न पनि जरुरी रहेको बताए । नेपालका युवाहरुको सिर्जनात्मकता, जोश र चेतनालाई व्यवहारिक रुपान्तरण गर्नका लागि सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्न सक्नुपर्ने बताए । युवाहरुका विचारलाई व्यसायिक योजनाहरुमा बदल्नका लागि हामीले सहजीकरणको नेतृत्व गर्दै जोखिम उठाउने गरी हौसला बढाउन र सफलताको मार्गचित्र देखाउन जरुरी रहेको बताए। यि कार्य सरकारले मात्र होइन, निजी क्षेत्र, शौिक्षक संस्थान, नागरिक समाज मिलेर गर्नुपर्ने साझा जिम्मेवारी भएको बताए । यसले युवाहरुलाई स्वरोजगार, नवप्रवर्तन र आर्थिक आत्मनिर्भरतातिर लैजान सहयोग विश्वास व्यक्त गरे। युवाहरुलाई व्यवसायिक शुरु गर्न आवश्यक पुँजीको पहुँच सुनिश्चित र त्यसका लागि आवश्यक सीप र ज्ञान प्रदान गर्न अब ढिलाइ गर्न नहुने बताए। व्यवसायिक योजना, बजारको पहुँच, ब्राण्डिङ लगायतका विषयमा हामीलै मार्गदर्शन गर्न सक्नुपर्ने भन्दै युवाका आवाजलाई नीति निर्माणमा समावेश गर्नेतर्फ पनि सबैको ध्यानाकृष्ट हुनु नितान्त जरुरी रहेको उल्लेख गरे।
उनले भने, ‘वर्तमान परिप्रेक्ष्यमा युवाका सिर्जनात्मक, सकारात्मक र परिवर्तनकारी पहलकदमीसँग सहकार्य गर्दै अघि बढ्नुको विकल्प छैन । जलविद्युत, पर्यटन, कृषि, जडिबुटी, घरेलु तथा साना उद्योग र डिजिटल उद्यम लगायतका क्षेत्रमा युवालाई केन्द्रमा राखि नीति निर्माण र कार्यान्वयन गर्न आवश्यक छ । नेपालका युवाहरु स्वदेशमै रोजगारी, सीप र स्वाभिमानसहित अघि बढोस् भन्ने सबैको चाहना मात्र होइन, सबैले दृढ संकल्पकासाथ अघि बढ्न पनि जरुरी छ । नेपालका युवाहरुको सिर्जनात्मकता, जोश र चेतनालाई व्यवहारिक रुपान्तरण गर्नका लागि सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्न सक्नुपर्छ । युवाहरुका विचारलाई व्यसायिक योजनाहरुमा बदल्नका लागि हामीले सहजीकरणको नेतृत्व गर्दै जोखिम उठाउने गरी हौसला बढाउन र सफलताको मार्गचित्र देखाउन जरुरी छ । यि कार्य सरकारले मात्र होइन, निजी क्षेत्र, शौिक्षक संस्थान, नागरिक समाज मिलेर गर्नुपर्ने साझा जिम्मेवारी हो । यसले युवाहरुलाई स्वरोजगार, नवप्रवर्तन र आर्थिक आत्मनिर्भरतातिर लैजान सहयोग पुग्नेछ । युवाहरुलाई व्यवसायिक शुरु गर्न आवश्यक पुँजीको पहुँच सुनिश्चित र त्यसका लागि आवश्यक सीप र ज्ञान प्रदान गर्न अब ढिलाइ गर्न हुँदैन । व्यवसायिक योजना, बजारको पहुँच, ब्राण्डिङ लगायतका विषयमा हामीलै मार्गदर्शन गर्न सक्नुपर्छ । युवाका आवाजलाई नीति निर्माणमा समावेश गर्नेतर्फ पनि सबैको ध्यानाकृष्ट हुनु नितान्त जरुरी छ ।’
उपराष्ट्रपति यादवले मुलुकमा बेरोजगारी घटाउँदै युवालाई आफ्नै व्यवसाय शुरु गर्नका लागि उत्प्रेरित गर्न जरुरी रहेको बताए । नयाँ सोच, प्रविधि र समाधानमार्फत सामाजिक तथा आर्थिक समस्या समाधान गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ असार २०८२, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव
‘महिलाको सबलीकरणले मात्र राजनीतिक स्थिरता सम्भव हुन्छ’ : उपराष्ट्रपति यादव
निर्वाचनले गणतन्त्रलाई थप सबल र सुदृढ बनाउने उपराष्ट्रपति यादवको विश्वास
उपराष्ट्रपति यादव र भारतीय दूतावासका निमित्त राजदूतबीच शिष्टाचार भेट
मुलुकको हितमा सरकार र निजी क्षेत्र काँधमा काँध मिलाएर अगाडि बढ्नुपर्नेमा उपराष्ट्रपति यादवको जोड
निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छ : उपराष्ट्रपति यादव