काठमाडौ । जुवातास खेलिरहेको अवस्थामा काठमाडौँको टोखाबाट प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
आइतबार साँझ टोखा नगरपालिका- १० मा रहेको एक घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरी वृत्त महाराजगन्जबाट गएको प्रहरी टोलीले नगद ५० हजार रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी अपिलराज बोहोराका अनुसार पक्राउ पर्नेमा तीनजना महिलासमेत छन्।
उनीहरुमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ असार २०८२, ०९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ
मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ
कालीमाटी र बल्खुबाट ३५ जना बिचौलिया पक्राउ
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ