काठमाडौ । जुवातास खेलिरहेको अवस्थामा काठमाडौँको टोखाबाट प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
आइतबार साँझ टोखा नगरपालिका- १० मा रहेको एक घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरी वृत्त महाराजगन्जबाट गएको प्रहरी टोलीले नगद ५० हजार रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी अपिलराज बोहोराका अनुसार पक्राउ पर्नेमा तीनजना महिलासमेत छन्।
उनीहरुमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ असार २०८२, ०९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुन्डा नाइके राजु गोर्खाली पक्राउ
६ करोड बराबरको क्रिप्टो कारोबार गरेको आरोपमा ४ जना पक्राउ
नापी कार्यालय खैरहनीका हाकिमलाई मोसो दल्ने एकजना पक्राउ
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
पशुपति आर्यघाटमा शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ