काठमाडौँ । परवानीपुर गाउँपालिका-५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय प्रसौनी र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले हेटौँडाबाट बारातर्फ आउँदै गरेको प्र.३-०१-०२४ च ४६३० नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा धानको भुस भरेको बोरामा लुकाई ल्याएको उक्त परिमाणको गाँजासहित उनीहरूलाई आज पक्राउ गरिएको हो ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मकवानपुर थाहा नगरपालिका-४ पालुङका २८ वर्षीय रवि कार्की, सोही नगरपालिका-१२ टिसटुङका ४६ वर्षीय वीरबहादुर गोले, हेटौँडा उपमहानगरपालिका-१४ उतरपानीका २३ वर्षीय साजन मुक्तान र धादिङ थाक्रे गाउँपालिका–७ आपसी चोक निवासी ३१ वर्षीय महेश तामाङलाई पक्राउ गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ असार २०८२, १९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनसरीमा २१ सय किलो गाँजासहित ट्रक नियन्त्रणमा
३ सय किलोग्राम गाँजा बरामद
सिरहामा ट्रकसँग ठोक्किएको कारबाट १३० किलो गाँजा बरामद
सुनसरीबाट करीब ४८० केजी गाँजा बरामद
रौतहटमा करिब १६ किलो गाँजा बरामद