काठमाडौँ । संस्कृतिविद् तथा साहित्यकार तेजेश्वरबाबु ग्वङ्गलाई २०८२ सालको ‘बद्रीविक्रम राष्ट्रगौरव पुरस्कार’ समर्पण गरिने भएको छ । कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवागुठीबाट हरेक वर्ष समर्पण गरिने यस पुरस्कारको राशि दुई लाख २२ हजार २२२ छ । आगामी साउन ११ गते आइतबार कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवागुठीको वार्षिक कार्यक्रममा उहाँलाई उक्त पुरस्कार समर्पण गरिने गुठीले जनाएको छ ।
उर्मिला गर्गलाई ‘सेवा पुरस्कार नेपाल’ समर्पण गरिने
नेपाल सिर्जनात्मक कलागुठीकी संस्थापिका, नेपाली ललितकला क्षेत्रकी अग्रज चित्रकलाकार श्रीमती उर्मिला उपाध्याय गर्गलाई २०८२ सालको ‘सेवा पुरस्कार नेपाल’ समर्पण गरिने पनि गुठीले जनाएको छ । कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवागुठीबाट हरेक वर्ष समर्पण गरिने यस पुरस्कारको राशि दुई लाख २२ हजार दुई सय २२ रहेको छ । यो पुरस्कार आगामी साउन ११ गते नै प्रदान गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १४ असार २०८२, १४ : ४५
लेखकबाट थप