सुनसरी । सुनसरी जिल्लाको विभिन्न स्थानहरूबाट लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले सुनसरीको विभिन्न स्थानहरूबाट चेकजाँचको क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
बेचबिखनमा संलग्न धरान- ११ का १९ को सुअन तामाङ र २७ वर्षीय मिसन राई, धरान- १५ का ३२ वर्षीय रोमन शाही, २५ वर्षीय अरुण मण्डल, ३० वर्षीय सागर तामाङ र ३१ वर्षीय प्रस्ताव राई र ओसारपोसारमा प्रयोग भएका २ थान सवारी साधनसहित नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट २१ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ ।
त्यस्तै, इलाका प्रहरी कार्यालय भण्टाबारीले सप्तरी हनुमान नगरका २४ वर्षीय आकाश मण्डललाई कोशी गाउँपालिका- ८ बाट २ ग्राम ५०मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ असार २०८२, १० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाँच जना जुवाडे पक्राउ
१७ वर्षीया किशोरी बलात्कार आरोपमा नगरपालिका इन्चार्ज पक्राउ
विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ
प्रतिबन्धित औषधिसहित १ जना पक्राउ
काठमाडौँबाट नक्कली परीक्षार्थी पक्राउ
यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट ६ जना बिचौलिया पक्राउ