काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज (शनिबार) बस्दैछ ।
बैठक संघीय संसद भवनस्थित संसदीय दलको कार्यालयमा बिहान ९ बजे बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीति, भिजिट भिसा प्रकरणमा अबको रणनीतिलगायत विषयमा छलफल हुने बताइएको छ ।
रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको भन्दै उच्चस्तरीय न्यायिक वा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद बैठक अवरोध र बहिष्कार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ असार २०८२, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशन : विदेशबाट पनि मतदान गर्न मिल्ने
रास्वपा महाधिवेशनको सुरक्षामा १०८७ प्रहरी परिचालन गरिने
महाधिवेशनअघि चितवनमै रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, ५ एजेण्डा तय
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
रास्वपाको सचिवालय बैठक सुरु: चितवन महाधिवेशन र विधान मस्यौदा मुख्य एजेन्डा
गणेश कार्कीले पाए रास्वपाको महाधिवेशन दस्तावेज तयारीको जिम्मेवारी