काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक सुरु भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने विषयमा निर्णय गर्न बोर्ड बैठक सुरु भएको हो । बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले आजै नतिजा प्रकाशित गर्ने र त्यो सम्भव नभए भोलिसम्ममा प्रकाशित हुने बताएका थिए ।
केही प्राविधिक समस्या नदेखिएको खण्डमा आजै प्रकाशित गरिने र नभएको खण्डमा भोली प्रकाशित गर्ने बोर्डको तयारी छ । त्यसै विषयमा निर्णय गर्न बोर्डको बैठक बसिरहेको हो । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको परीक्षा बोर्डले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ असार २०८२, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईई नतिजा प्रकाशनबारे परीक्षा बोर्डको बैठक जारी
१२ को प्रश्नपत्र बाहिरिएको होइन, भ्रामक सूचनाको पछि नलाग्नू : राष्ट्रिय परीक्षा बोर्ड
कर्मचारी परिचालन गरेर कक्षा १२ को परीक्षा गर्ने निर्णय भएको थिएन : राष्ट्रिय परीक्षा बोर्ड
१२ को परीक्षा सरेको छैन, हल्लाको पछि नलाग्नू: राष्ट्रिय परीक्षा बोर्ड
अब कक्षा ९ मा मात्र रजिस्ट्रेशन
कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित