काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ। बोर्डले आज एक सूचना जारी गर्दै नतिजामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छन्।
परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ। यो वर्ष एसइईमा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ।
२०८१ को चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए।
हेर्नुहोस् परीक्षा तालिका:

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ असार २०८२, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरवारमा शिक्षा समितिको बैठक सुरु
एसईई नतिजा प्रकाशनबारे परीक्षा बोर्डको बैठक जारी
एसईई नतिजा प्रकाशनको अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड