काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ । बैठक बिहान साढे ११ बजे बस्नेछ ।
विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ९ बजे बस्नेछ ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमा उल्लेखित कालिगण्डकी तिनाउ नदी पथान्तरण आयोजनाको अवस्था सम्बन्धमा छलफल हुनेछ ।
बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ । संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० समितिको बैठक बस्दै छ । बैठकमा उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ असार २०८२, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
दुई संसदीय समितिको बैठक बस्दै
दुईवटा संसदीय समितिको बैठक बस्दै
दुई संसदीय समितिको बैठक बस्दै
मुख्यसचिव र मुख्यरजिष्ट्रारको पदावधि २ वर्ष र सचिवको ४ वर्ष राख्ने संसदीय समितिमा सहमति
तीन संसदीय समितिको बैठक आज, यी हुन् एजेन्डा