शिक्षामा जुत्ता बेचेजस्तो मुनाफा गर्न हुँदैन : सुमना श्रेष्ठ

सफल खबर संवाददाता

विहीबार, १२ असार २०८२, १६ : ३७
शिक्षामा जुत्ता बेचेजस्तो मुनाफा गर्न हुँदैन : सुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले निजी विद्यालयलाई नयाँ मापदण्ड अनुसार अघि बढाउनुपर्ने तर्क गरेकी छिन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएकी हुन् ।

‘निजी खोल्न दिने कि नदिने ? भन्ने प्रश्न छ । भैरहेकोलाई के गर्ने ? शिक्षालाई गैरनाफामूलक बनाउने हो,’ सांसद श्रेष्ठले भनेकी छिन्, ‘जुत्ता बेचेजस्तो मुनाफा गर्न हुँदैन । संविधानको स्प्रिट नबोक्ने हो भने संविधान चेन्ज गरौं ।’

उक्त प्रस्ताव अघि सार्दै उनले निजी विद्यालयलाई नयाँ मापदण्ड अनुसार अघि बढाउनपर्ने बताइन् ।'निजीलाई नयाँ मापदण्ड अनुसार अघि बढाउनुपर्छ । १५ वर्षपछि क्रमश गैरनाफामूलक लोककल्याणकारी हुने बनाउनु पर्छ,’ उनले भनिन् ।

त्यसका लागि समय सीमा नै तोकेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस