यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार आङ छिरिङ शेर्पालाई प्रदान गरिने

सफल खबर संवाददाता

विहीबार, १२ असार २०८२, १५ : ४६
यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार आङ छिरिङ शेर्पालाई प्रदान गरिने

काठमाडौँ । यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालाई प्रदान गरिने भएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी मदन भण्डारी फाउण्डेशनले यसबारे जानकारी दिएको हो ।

फाउण्डेशनका सचिवालय सदस्य रामशरण प्याकुरेलका अनुसार ४७ वर्षीय शेर्पा लामो समयदेखी वातावरण र जलवायु परिवर्तनको मुद्दामा सक्रिय छन् । पर्यटन व्यवसायी समेत रहेका शेर्पा सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ४ खुम्जुङ गाउँका बासिन्दा हुन् ।

शेर्पाले करिब १५ वर्षसम्म नेपाल पर्वतारोहण संघको नेतृत्व गरेका थिए । शेर्पालाई असार १४ गते जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा १ लाख रुपैयाँ नगदसहित सम्मान गरिने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस