काठमाडौँ । कतारले आफ्नो हवाई क्षेत्र (एफआईआर) बन्द गर्दा हिजो रद्द भएको नेपाल एयरलाइन्सको काठमाडौँ–दोहा उडान आज मध्यान्ह १२ बजे सञ्चालन हुने भएको छ। नेपाल वायुसेवा निगमले एक सूचना जारी गर्दै हिजोको लागि निर्धारित उडान RA 239/240 आज दिउँसो १२:०० बजे सञ्चालन हुने जानकारी दिएको हो ।
निगमले सम्बन्धित उडानका यात्रुहरूलाई निर्धारित समयमा नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुन अनुरोध गरेको छ। उडान रद्द हुनाले यात्रुहरूमा पर्न गएको असुविधाप्रति निगमले क्षमा याचना गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० असार २०८२, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पश्चिम एसियामा रहेका नेपालीको उद्धारका लागि आजदेखि नेपाल एयरलाइन्सको विशेष उडान
नेपाल एयरलाइन्सले सुरु गर्यो सुर्खेत सिमकोट उडान
नेपाल एयरलाइन्सद्वारा दमाम र दोहा उडान स्थगित
नेपाल एयरलाइन्सको महाप्रबन्धक पदमा १६ जनाको आवेदन
नेपाल एयरलाइन्सको ट्वीनअटर विमान मर्मतपछि व्यावसायिक उडानमा
नेपाल एयरलाइन्सले आज भैरहवामा उद्धार उडान गर्दै