काठमाडौँ । भिजिट भिसा प्रकरणमा छानबिन गर्न सरकारले गठन गरेको छानबिन समितिप्रति प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र सकारात्मक देखिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।
समिति गठन गरेकोमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सकारात्मक कदम भएको बताए । यद्यपि समितिको कार्यक्षेत्र हेरेर मात्र थप धारणा बनाउने जानकारी दिए ।
‘छानबिन समिति गठन गर्नुपर्ने हाम्रो माग नै हो । सरकारले भिजिट भिसा प्रकरणमा जुन छानबिन समिति गठन गरेको छ । त्यसलाई सकारात्मक रुपमा लिएका छौँ । तर टिओआर लगायत विषयमा थप अध्ययन गरेर थप धारणा बनाउँछौँ’, उनले भने ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक समेत संलग्न रहेको आरोप लगाउँदै माओवादीले रास्वपा र नेकपा एकीकृत समाजवादीसँग मिलेर १८ दिन संसद् अवरोध गरेको थियो । जेठ ३० गते सत्तापक्षसँग दुई बुँदे सहमति भएपछि संसद्को अवरोध हटाएको थियो ।
यस्तै संसदमा पेस भएको आर्थिक वर्ष २०८२-८३ को बजेट पारित गर्ने विषयमा माओवादीका सांसदहरूलाई ह्विप जारी नगरिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० असार २०८२, १० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन