काठमाडौँ । भिजिट भिसा प्रकरणमा छानबिन गर्न सरकारले गठन गरेको छानबिन समितिप्रति प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र सकारात्मक देखिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।
समिति गठन गरेकोमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सकारात्मक कदम भएको बताए । यद्यपि समितिको कार्यक्षेत्र हेरेर मात्र थप धारणा बनाउने जानकारी दिए ।
‘छानबिन समिति गठन गर्नुपर्ने हाम्रो माग नै हो । सरकारले भिजिट भिसा प्रकरणमा जुन छानबिन समिति गठन गरेको छ । त्यसलाई सकारात्मक रुपमा लिएका छौँ । तर टिओआर लगायत विषयमा थप अध्ययन गरेर थप धारणा बनाउँछौँ’, उनले भने ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक समेत संलग्न रहेको आरोप लगाउँदै माओवादीले रास्वपा र नेकपा एकीकृत समाजवादीसँग मिलेर १८ दिन संसद् अवरोध गरेको थियो । जेठ ३० गते सत्तापक्षसँग दुई बुँदे सहमति भएपछि संसद्को अवरोध हटाएको थियो ।
यस्तै संसदमा पेस भएको आर्थिक वर्ष २०८२-८३ को बजेट पारित गर्ने विषयमा माओवादीका सांसदहरूलाई ह्विप जारी नगरिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० असार २०८२, १० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
जेनजी आन्दोलनमाथि भएको दमनको छानबिनको माग गर्न अखिल क्रान्तिकारी चितवनद्वारा ८० हजार हस्ताक्षर
नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति (पत्रसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था