एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेजस्तो युद्दविराममा सहमति नजनाएको इरानले जनाएको छ । इजरायल र इरानको जारी युद्दमा अमेरिकी राष्ट्रपतिले झुट बोलिरहेको इरानले बताएको छ ।
इरान र इजरायल बीचको आगामी युद्धविरामको डोनाल्ड ट्रम्पको दाबी इरानीहरूलाई दबाब दिनको लागि अमेरिकी राष्ट्रपतिको अर्को झूट भएको इरानको द तेहरान टाइम्सले समाचार लेखेको छ ।
ट्रम्पले मंगलबार बिहान सामाजिक सञ्जालमा दुई पक्षले लगभग १२ घण्टामा लागू हुने युद्धविराममा “पूर्ण रूपमा सहमत“ भएको घोषणा गरेका थिए । राष्ट्रपति ट्रम्पले त्यस्तो घोषणा गरेर इरानी जनतालाई भड्काउन र असन्तुष्टि सिर्जना गर्न खोजेको बुझाईमा इरान रहेको उक्त समाचार सञ्थाले लेखेको छ ।
तेहरान टाइम्सले लेखेको छ–‘ट्रम्पले इरानी सरकारलाई युद्धविराम स्वीकार गर्न बाध्य पार्न नयाँ झूट बनाइरहेको देखिन्छ । युद्दविराम गरेको भनी इरानी जनतालाई यहाँको सरकार विरुद्द खडा गर्न सकिन्छ र घरेलु असहमति सिर्जना गर्न सकिन्छ भनेर चालवाजी गरिरहेका छन् ।’
ट्रम्पले पहिले इरानको आणविक स्थलहरूमा आक्रमण गर्ने कि नगर्ने भनेर निर्णय गर्न “दुई हप्ता“ आवश्यक पर्ने बारेमा झूट बोलेको पनि तेहरान टाइम्सले लेखेको छ । ‘उनले इरानलाई दुई महिनासम्म अप्रत्यक्ष वार्तामा पनि संलग्न गराए जबकि उनले पहिले नै निर्णय गरिसकेका थिए कि उनले इजरायललाई देशको आणविक, सैन्य र नागरिक पूर्वाधारमा आक्रमण गर्न लगाउनेछन्।’ तेहरान टाइम्सले लेखेको छ ।
इरानको संसदका सभामुखका सल्लाहकार महदी मोहम्मदी, टम्पको नक्कली घोषणाप्रति प्रतिक्रिया दिने पहिलो व्यक्ति मध्ये एक थिए । “अमेरिका र इजरायल झूट बोलिरहेका छन् । तिनीहरू चाहन्छन् कि इरानले आफ्नो सुरक्षा कम गरोस् ताकि तिनीहरूले तनाव बढाउन सकून्,’ उनले सामाजिक सन्जाल एक्समा लेखेका छन् ।
इरान–इजरायल युद्ध जुन १३ मा सुरु भयो । इजरायलले इरानको आवासीय भवनहरू र आणविक स्थलहरूमा अप्रत्यासित आक्रमणहरू सुरु ग¥यो जब इरानीहरू वाशिंगटनसँग छैटौं चरणको वार्तामा भाग लिन तयारी गरिरहेका थिए । अहिले त्यस्तै झुटको खेती गर्न ट्रम्प लागिरहेको तेहरान टाइम्सले लेखेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १० असार २०८२, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानका सर्वोच्च नेताका छोराको अर्बौँ डलरको शंकास्पद सम्पत्तिबारे खुलासा: लण्डनदेखि दुबईसम्म आलिसान महल
इरानमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह
सन् २०२५ मा कम्तीमा एक हजार ५०० इरानीलाई मृत्युदण्ड
६ वर्षपछि इरानविरुद्ध खेल्दै नेपाल
इरानमा आठ महिनामा ८४१ जनालाई मृत्युदण्ड : संयुक्त राष्ट्रसंघ
इजरायलसँगको युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिए इरानका सर्वोच्च नेता