एजेन्सी । इजरायलले गरिरहेको आक्रमण नरोकेसम्म आफूहरूलाई युद्धविराम स्वीकार्य नहुने जवाफ इरानले दिएको छ।
इरानका विदेश मन्त्री अब्बास अराघ्चीले अहिलेसम्म कुनै युद्धविराम सम्झौता नभएको बताएका छन्। तर यदि इजरायलले ४ बजे बिहान (तेहरान समय अनुसार) भित्र आफ्नो ‘गैरकानुनी आक्रमण’ रोकेमा इरानले पनि आफ्नो प्रतिक्रिया रोक्ने उनले बताएका छन्।
‘इजरायली शासनले यदि इरानी जनतामाथिको गैरकानुनी आक्रमण ४ बजे बिहानभित्र रोकेको खण्डमा हामीले आक्रमण जारी राख्ने कुनै मनसाय छैन’, उनले भने।
उनले त्यसपछि आफूहरूको हाम्रो सैन्य अभियानको अन्तिम निर्णय लिइने पनि बताएका छन्।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच १२ दिने युद्ध अन्त्यका लागि युद्ध विराममा सहमति भएको दाबी गरेका थिए। उनले यो सहमति २४ घण्टामा चरणबद्ध रूपमा लागू हुने भनेका थिए।
तर तेहरानबाट आएको इरानी धारणा ट्रम्पको भनाइसँग पूरै मेल खाँदैन।अहिले इरानको राजधानी तेहरानमा इरानीले कतारस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणपछि उत्सव मनाइरहेका छन्।
उता इराकको बालाद सैन्य अड्डामा आक्रमण भएको पुष्टि भएको छ। यो अड्डा बग्दाददेखि करिब १०० किलोमिटर उत्तरमा पर्ने सालाहुद्दिन प्रान्तमा छ।
इरानको तासनीम समाचार एजेन्सीका अनुसार दुईवटा विस्फोटको आवाज सुनिएको थियो। हालसम्म मानव क्षति वा क्षतिको विवरण खुलाइएको छैन।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १० असार २०८२, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानमा आठ महिनामा ८४१ जनालाई मृत्युदण्ड : संयुक्त राष्ट्रसंघ
इजरायलसँगको युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिए इरानका सर्वोच्च नेता
इरानद्वारा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्वन
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
इरानका सर्वोच्च नेताले भने- अमेरिकी आक्रमणले आणविक केन्द्र बिग्रिएको छैन
इरानबाट ६ नेपाली दिल्ली हुँदै नेपाल फर्किए