प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल स्वास्थ्य विज्ञानको शुरुवातको भूमि भएको बताएका छन ।
आईतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले नेपाल स्वास्थ्य विज्ञानको प्रारम्भ भएको ठाउँ भएको बताए । उनले स्वास्थ्यको विकास गर्न नेपालले नसक्ने भन्ने नरहेको बताए । पुराना विधि र पद्धतिहरुको उपयोग गर्न पनि आवश्यक रहेको बताए । स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आर्थिक रुपमा कसरी सबल बनाउने भन्ने बारेमा सरकार गम्भीर रहेको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘यो स्वास्थ्य विज्ञानको शुरुवातको भूमि हो । स्वास्थ्य विज्ञानको प्रारम्भ भएको ठाउँ हो यो । हामीले यसलाई डेभलप गर्न सक्दैनौँ भन्ने कुरा होइन । हाम्रा कतिपय पुराना मेथोडलोजीहरु, पुराना विधि, प्रविधिहरु उपयोगी हनुसक्छन् त्यसलाई पनि लिएर अघि बढ्न सक्छाँै । स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हामीले आर्थिक रुपमा कसरी सबल बनाउने, त्यसको भौतिक पूर्वाधारको कमी नहोस्,दक्ष जनशक्ति कसरी पूरा गर्ने ? यि सबै कुरा छन् । ’
प्रधानमन्त्री ओलीले बिरामीको संख्या न्युन गर्नेतिर सरकारको ध्यान गइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ असार २०८२, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?
जवाफ दिन रोष्ट्रममा प्रधानमन्त्री, विपक्षीले गरे नियमापत्ति
महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह
बजेट प्रस्तुतपछि राति प्रधानमन्त्री बालेनले फेसबुकमा लेखे: ‘ढुक्क हुनुस्’
गणतन्त्र समारोहमा प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुपर्ने पूर्वराष्ट्रपति राष्ट्रपति यादवको धारणा