प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल स्वास्थ्य विज्ञानको शुरुवातको भूमि भएको बताएका छन ।
आईतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले नेपाल स्वास्थ्य विज्ञानको प्रारम्भ भएको ठाउँ भएको बताए । उनले स्वास्थ्यको विकास गर्न नेपालले नसक्ने भन्ने नरहेको बताए । पुराना विधि र पद्धतिहरुको उपयोग गर्न पनि आवश्यक रहेको बताए । स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आर्थिक रुपमा कसरी सबल बनाउने भन्ने बारेमा सरकार गम्भीर रहेको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘यो स्वास्थ्य विज्ञानको शुरुवातको भूमि हो । स्वास्थ्य विज्ञानको प्रारम्भ भएको ठाउँ हो यो । हामीले यसलाई डेभलप गर्न सक्दैनौँ भन्ने कुरा होइन । हाम्रा कतिपय पुराना मेथोडलोजीहरु, पुराना विधि, प्रविधिहरु उपयोगी हनुसक्छन् त्यसलाई पनि लिएर अघि बढ्न सक्छाँै । स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हामीले आर्थिक रुपमा कसरी सबल बनाउने, त्यसको भौतिक पूर्वाधारको कमी नहोस्,दक्ष जनशक्ति कसरी पूरा गर्ने ? यि सबै कुरा छन् । ’
प्रधानमन्त्री ओलीले बिरामीको संख्या न्युन गर्नेतिर सरकारको ध्यान गइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ असार २०८२, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना
कुलमानलाई प्रधानमन्त्रीको प्रश्न– 'दलीय आवद्दता खुल्यो, अव के गर्ने ?'
प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच भेट
पर्वहरूले हाम्रो बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ बनाएका छन् : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीले आज देउवा, ओली र प्रचण्डसँग निर्वाचनबारे छलफल गर्ने
प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना