तेहरान । अमेरिकाले गएको राति इरानको तीन आणविक स्थलहरूमा हवाई आक्रमण गर्यो । यो घटनापछि इरानले आफ्नो पहिलो वक्तव्य जारी गरेको छ । इरानले आफ्नो आणविक स्थलहरूमा कुनै क्षति नभएको र ती पूर्ण रूपमा सुरक्षित रहेको बताएको छ ।
साथै, रेडियसन चुहावटको खतरालाई पनि अस्वीकार गरिएको छ । इरानको आणविक ऊर्जा संगठन (एईओआई) ले अमेरिकी हवाई आक्रमणपछि देशका प्रमुख आणविक स्थलहरूमा कुनै पनि प्रकारको विकिरण चुहावटको खतरालाई आइतबार अस्वीकार गरेको छ ।
इरानको सरकारी मिडिया रिपोर्टहरू उद्धृत गर्दै यो जानकारी बाहिर आएको हो । सुरक्षा जाँचमा कुनै पनि प्रकारको विकिरण पत्ता नलागेको आश्वासन सङ्गठनले जनतालाई दिएको छ । यी आक्रमणहरूको बाबजुद पनि इरानी आणविक कार्यक्रम नरोकिने भनिएको छ ।
इरानको आणविक ऊर्जा सङ्गठनले यी आक्रमणहरूलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भनेको छ र एजेन्सीले आफ्नो राष्ट्रिय हितको रक्षा गर्न कानुनी कारबाहीको प्रक्रिया सुरु गरेको बताएको छ ।इरानले अन्तर्राष्ट्रिय समुदायलाई यी आक्रमणहरूको निन्दा गर्न र शान्तिपूर्ण आणविक विकासको अधिकारमा इरानलाई समर्थन गर्न अपिल गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ असार २०८२, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
इरानसँग प्रारम्भिक सम्झौता अन्तिम चरणमा पुगेको राष्ट्रपति ट्रम्पको घोषणा
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण