तेहरान । अमेरिकाले गएको राति इरानको तीन आणविक स्थलहरूमा हवाई आक्रमण गर्यो । यो घटनापछि इरानले आफ्नो पहिलो वक्तव्य जारी गरेको छ । इरानले आफ्नो आणविक स्थलहरूमा कुनै क्षति नभएको र ती पूर्ण रूपमा सुरक्षित रहेको बताएको छ ।
साथै, रेडियसन चुहावटको खतरालाई पनि अस्वीकार गरिएको छ । इरानको आणविक ऊर्जा संगठन (एईओआई) ले अमेरिकी हवाई आक्रमणपछि देशका प्रमुख आणविक स्थलहरूमा कुनै पनि प्रकारको विकिरण चुहावटको खतरालाई आइतबार अस्वीकार गरेको छ ।
इरानको सरकारी मिडिया रिपोर्टहरू उद्धृत गर्दै यो जानकारी बाहिर आएको हो । सुरक्षा जाँचमा कुनै पनि प्रकारको विकिरण पत्ता नलागेको आश्वासन सङ्गठनले जनतालाई दिएको छ । यी आक्रमणहरूको बाबजुद पनि इरानी आणविक कार्यक्रम नरोकिने भनिएको छ ।
इरानको आणविक ऊर्जा सङ्गठनले यी आक्रमणहरूलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भनेको छ र एजेन्सीले आफ्नो राष्ट्रिय हितको रक्षा गर्न कानुनी कारबाहीको प्रक्रिया सुरु गरेको बताएको छ ।इरानले अन्तर्राष्ट्रिय समुदायलाई यी आक्रमणहरूको निन्दा गर्न र शान्तिपूर्ण आणविक विकासको अधिकारमा इरानलाई समर्थन गर्न अपिल गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ असार २०८२, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलसँगको युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिए इरानका सर्वोच्च नेता
इरानद्वारा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्वन
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
इरानका सर्वोच्च नेताले भने- अमेरिकी आक्रमणले आणविक केन्द्र बिग्रिएको छैन
इरानबाट ६ नेपाली दिल्ली हुँदै नेपाल फर्किए
इजरायली आक्रमणमा परि इरानमा हालसम्म ६०६ जनाको मृत्यु