काठमाडौँ । कैलालीमा देवरले १६ दिने सुत्केरी भाउजूको हत्या गरेका छन् । गौरीगंगा नगरपालिका वडा नम्बर ७ कैलाशपुरकी १६ बर्षीया तुलसी नाथको बिहीबार राती उनकै सहोदर देवर नवीन नाथले हत्या गरेको प्रहरीले जनाएको छ ।
भाउजूले ‘कमाउनु पर्दैन’ भनेपछि हत्या गरेको अनुसन्धानबाट खुलेको छ । तुलसी १६ दिने सुत्केरी थिइन् । इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार, सामान्य मनमुटाबले हत्या तहको घटनामा पुगेको खुल्न आएको हो । घटना भएको दिन बिहानसम्म अवस्था सामान्य थियो । त्यस बिहान बच्चालाई खोप लगाउन तुलसी स्वास्थ्य चौकी गएकी थिइन् । फर्किँदा सबैले खाना खाइसकेका र तुलसीका लागि खाना राखेका थिएनन् ।
उनले चाउचाउ खाएर चित्त बुझाएकी थिइन् । त्यस क्रममा उनले कमाउने मेरै श्रीमान्, तर मलाई सुत्केरी अवस्थामा पनि खाना नराखिइदिने भनेकी रहिछिन् । त्यसले नवीनलाई असह्य भएको रहेछ । यही बिन्दुबाट तुलसीको हत्यासम्म पुगेको प्रहरीले जनाएको छ ।
तुलसीका श्रीमान् भारतको पुनामा मजदुरी गर्छन् । २० वर्षीय नवीन-दम्पती घरमै बस्छन् । सगोलको परिवारमा रहेका उनीहरुबीच आर्थिक अभावले पारिवारिक कलह बढिरहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ असार २०८२, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा युवकको बीभत्स हत्या
घरायसी विवाद बढेपछि श्रीमतीको हत्या
चन्द्रागिरिमा महिलाको हत्या, एक युवक पक्राउ
सिरहामा १४ वर्षीय बालकको हत्या
श्रीमतीलाई घरमा अर्कै पुरुषसँग भेटेपछि हत्या
स्याङ्जामा युवकको हत्या