काठमाडौँ । कैलालीमा देवरले १६ दिने सुत्केरी भाउजूको हत्या गरेका छन् । गौरीगंगा नगरपालिका वडा नम्बर ७ कैलाशपुरकी १६ बर्षीया तुलसी नाथको बिहीबार राती उनकै सहोदर देवर नवीन नाथले हत्या गरेको प्रहरीले जनाएको छ ।
भाउजूले ‘कमाउनु पर्दैन’ भनेपछि हत्या गरेको अनुसन्धानबाट खुलेको छ । तुलसी १६ दिने सुत्केरी थिइन् । इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार, सामान्य मनमुटाबले हत्या तहको घटनामा पुगेको खुल्न आएको हो । घटना भएको दिन बिहानसम्म अवस्था सामान्य थियो । त्यस बिहान बच्चालाई खोप लगाउन तुलसी स्वास्थ्य चौकी गएकी थिइन् । फर्किँदा सबैले खाना खाइसकेका र तुलसीका लागि खाना राखेका थिएनन् ।
उनले चाउचाउ खाएर चित्त बुझाएकी थिइन् । त्यस क्रममा उनले कमाउने मेरै श्रीमान्, तर मलाई सुत्केरी अवस्थामा पनि खाना नराखिइदिने भनेकी रहिछिन् । त्यसले नवीनलाई असह्य भएको रहेछ । यही बिन्दुबाट तुलसीको हत्यासम्म पुगेको प्रहरीले जनाएको छ ।
तुलसीका श्रीमान् भारतको पुनामा मजदुरी गर्छन् । २० वर्षीय नवीन-दम्पती घरमै बस्छन् । सगोलको परिवारमा रहेका उनीहरुबीच आर्थिक अभावले पारिवारिक कलह बढिरहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ असार २०८२, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या