एजेन्सी । इरानका अधिकारीले इस्फान, नातान्ज र फोरडोहमा आक्रमण भएको स्वीकार गरेका छन्।
राज्य नियन्त्रित सञ्चार माध्यम फार्स र आइआरएनएले दिएको जानकारी अनुसार क्वाम प्रान्तको क्राइसिस व्यवस्थापन समितिले फोरडोअको आणविक क्षेत्रमा हमला भएको जानकारी दिएको हो।
सो केन्द्रमा पहाडको गहिराइमा छ। अमेरिकी बङ्कर बस्टर बमको मात्र यसलाई नास गर्ने क्षमता छ। इस्फानका सहायक सुरक्षा गभर्नरले पनि त्यहाँ विस्फोट भएको कुराको जानकारी दिए। साथै उनले नातान्जमा पनि आक्रमण भएको बताए।
इरानका डेपुटी पोलिटिकल डाइरेक्टर हसन अबेदिनीले भने केही समय अगाडि नै सामान त्यहाँबाट निकालिएका कारण सोचे जस्तो धेरै नास नभएको बताए।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०८ असार २०८२, १० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानका सर्वोच्च नेताका छोराको अर्बौँ डलरको शंकास्पद सम्पत्तिबारे खुलासा: लण्डनदेखि दुबईसम्म आलिसान महल
इरानमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह
सन् २०२५ मा कम्तीमा एक हजार ५०० इरानीलाई मृत्युदण्ड
६ वर्षपछि इरानविरुद्ध खेल्दै नेपाल
इरानमा आठ महिनामा ८४१ जनालाई मृत्युदण्ड : संयुक्त राष्ट्रसंघ
इजरायलसँगको युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिए इरानका सर्वोच्च नेता