यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

शनिबार, ०७ असार २०८२, ०८ : ४६
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर केही घटेर एकको खरिददर १३८ रूपैयाँ २४ पैसा र बिक्रीदर १३८ रूपैयाँ ८४ पैसा कायम भएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६ पैसा निर्धारण गरिएको थियो । 

युरोपियन युरो आज एकको खरिददर १५९ रुपैयाँ २० पैसा र बिक्रीदर १५९ रुपैयाँ ८९ पैसा रहनेछ । युरो हिजोको भन्दा केही बढेको हो । शुक्रबार युरो एकको खरिददर १५९ रुपैयाँ र बिक्रीदर १५९ रुपैयाँ ६९ पैसा कायम भएको थियो ।

पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रूपैयाँ ५१ पैसा र बिक्रीदर १८७ रूपैयाँ ३२ पैसा, स्विस फ्रयांक एकको खरिददर १६९ रूपैयाँ ०७ पैसा र बिक्रीदर १६९ रूपैयाँ ८० पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८९ रूपैयाँ ६४ पैसा र बिक्रीदर ९० रूपैयाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रूपैयाँ ८६ पैसा र बिक्रीदर १०१ रूपैयाँ ३० पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर १०७ रूपैयाँ ५८ पैसा र बिक्रीदर १०८ रूपैयाँ ०५ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ५० पैसा र बिक्रीदर नौ रूपैयाँ ५४ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ २५ पैसा र बिक्रीदर १९ रूपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । 

प्रतिक्रिया दिनुहोस