काठमाडौं । प्रधानमन्त्री केपी ओलीसहित तीन दलका शीर्ष नेताहरुबीच सङ्क्रमणकालीन न्याय (टीआरसी)बारे छलफल भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको आजको बैठक टीआरसीबारे अहिलेसम्म भएको प्रगतिबारे छलफल भएको प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले बताए ।
बैठकपछि उनले भने, ‘टीआरसीबाहेक अरू कुनै विषयमा छलफल भएको होइन । त्यो कुरामा कोही भ्रममा नपरे हुन्छ । करिब एक अर्ब रुपैयाँ सङ्क्रमणकालीन कोषमा राख्ने गरी बजेट आएको छ । पीडितको उपचार, सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित संयन्त्रहरू निर्माण, भइरहेका कामबारे आजको बैठकमा ब्रिफिङ भएको छ ।’
टीआरसीलाई सकारात्मक ढङ्गले अगाडि बढाउने कुरामा तीनै दलका शीर्ष नेताहरू सहमत रहेको बताए । आयोग निर्माण भइसकेकाले बाँकी काम आयोगले गर्ने बताए ।
बैठकमा प्रधानमन्त्री ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, माओवादीबाट उपमहासचिव वर्षमान पुनलगायत सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ असार २०८२, १७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरवारमा तीन दलका शीर्ष नेताको बैठक जारी
बालुवाटारमा तीन दलका शीर्ष नेताबीच भेटवार्ता
संक्रमणकालीन न्याय विधेयकमा तीन दलबिच सहमति
संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुंग्याउन तीन दलले बनाए कार्यदल